आइसिसी टी-२० विश्वकपमा आजदेखि सुपर १२ का खेल सुरू भएका छन्। आज अबुधावीमा भएको सुपर १२ को समूह-१ को खेलमा अस्ट्रेलियाले विजयी सुरूवात गर्यो।
अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गर्दै विश्वकपमा विजयी सुरुवात गरेको हो।
दक्षिण अफ्रिकाले दिएको ११९ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले २ बल खेल्न बाँकी छदा ५ विकेटको क्षतिमा पार गर्यो।
अस्ट्रेलियाका लागि स्टिभ स्मिथले ३५ रन जोड्दा मार्कोस स्टोइनिसले नटआउट २४ रन जोडे। स्टोइनिसले १६ बल खेलेर ३ चौका हिर्काए। म्याथ्यु वेडले नटआउट नटआउट १५ रन जोडे।
त्यसअघि ग्लेन म्याक्सवेल १८ रन, मिचेल मार्स ११ रन र डेभिड वार्नर १४ रन जोडेर आउट भएका थिए। कप्तान आरोन फिन्च डक आउट भएका थिए।
बलिङमा दक्षिण अफ्रिकाका एनरिच नोर्कियाले २ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेटको क्षतिमा ११८ रन मा जोड्न सक्यो।
उसका लागि एडिन मार्क्रमले सबैभन्दा बढी ४० रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
बलिङमा अस्ट्रेलियाका जोश हजलउड, एडम जाम्मा र मिचेल स्टार्कले २-२ विकेट लिए।