आइसिसी टी-२० विश्वकपमा इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ। इंग्ल्यान्डले शनिबार राति दुबईमा सकिएको खेलमा वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गर्यो।
टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज १४.२ ओभरमा ५५ रनमै अलआउट भयो।
उसका लागि क्रिस गेलले सबैभन्दा बढी १३ रन जोडे। अन्य सबै ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
वेस्ट इन्डिजको इनिङ ध्वस्त पार्ने क्रममा अदिल रसिदले ४ विकेट लिए। उनले २.२ ओभरमा २ रन मात्र खर्चिए। मोइन अली र टाइल मिल्सले २-२ विकेट हात पारे।
५६ रनको लक्ष्य इंग्ल्यान्डले ८.२ ओभरमा ४ विकेट गुमार पार गर्यो। इंग्ल्यान्डका जासन रोए ११ रन, जोनी वायर्स्टो ९ रन, मोइन अली ३ रन र लियाम लिभिङस्टोन १ रनमा आउट भएका थिए।
जोस बटलरले नटआउट २४ रन र कप्तान इयान मोर्गानले नटआउट ७ रन जोडे। बलिङमा वेस्ट इन्डिजका अकिल होसेनले २ विकेट लिए।