अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को टी–२० क्रिकेट वरियतामा पुरूषतर्फ नेपालले एक स्थान सुधार गरेको छ।
आइसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एक स्थान उक्लिदै १३ औँ स्थानमा पुगेको हो। यसअघि नेपाल १४औं स्थानमा रहेको थियो।
वरियतामा इङ्ग्ल्यान्ड पहिलो स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ। त्यसैगरी भारत तेस्रो, न्यूजिल्याण्ड चौथो तथा दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन्। अफगानिस्तान सातौ स्थानमा उक्लिँदा वेष्टइन्डिज आठौं, बंगलादेश नवौ तथा श्रीलंका दसौं स्थानमा पुगेका छन्।
यस्तै जिम्बाम्बे ११ औं र आयरल्याण्ड १२ औं स्थानमा छन्। एसोसिएट मुलुकमध्ये नेपाल सबैभन्दा अगाडि पुगेको हो।
नेपालभन्दा तल १४ औं स्थानमा स्कटल्याण्ड, १५औं मा नामिबिया, १६ औं मा युएई, १७ औं मा ओमान, १८ औं मा नेदरल्याण्ड छन्।