युएईमा जारी टी-२० विश्वकपको सेमिफाइनलमा पुग्न अफगानिस्तानले न्युजिल्यान्डलाई १२५ रनको चुनौती दिएको छ।
आबुधावीमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रन बनाएको हो। अफगानिस्तानका लागि नजिबुल्लाह जरदानले सर्वाधिक ७३ रन बनाए। उनले ४८ बलमा ६ चौका र तीन छक्का प्रहार गरे।
न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्ट ३, टिम साउथीले २ विकेट लिए।
अफगानिस्तानले दिएको लक्ष्य भेटाउन सके न्युजिल्यान्डले सेमिफाइनलमा स्थान पक्का गर्नेछ। आजको खेल न्युजिल्यान्डले जित भारत पनि समूह चरणबाटै बाहिरिने छ। नतिजा अफगानिस्तानको पक्षमा आए भने भारत र अफगानिस्तान दुबैको सेमिफाइनलमा पुग्ने सम्भावना जिवितै हुनेछ।