आगामी साता न्युजिल्यान्डसँग हुने तीन खेलको टी २० अन्तर्राष्ट्रिय सिरिजको लागि भारतले रोहित शर्माको कप्तानीमा १६ सदस्य टोली घोषणा गरेको छ। टोलीमा केएल राहुललाई उपकप्तानको जिम्मेवारी दिएको छ ।
नियमित कप्तान विराट कोहलीले युएईमा जारी टी २० विश्वकपमा टोलीको खराब प्रदर्शनसँगै भारतीय टोलीको कप्तानी छाडेका थिए।
टी २० विश्वकपमा सुपर १२ को समूह २ मा रहेको भारत ५ खेलमा ३ मा जित र २ मा हार सहित तेस्रो स्थानमा रहँदै समूह चरणबाटै बाहिरिएको थियो।
न्युजिल्यान्डविरूद्ध खेल्ने घोषित टिममा कोहली छैनन्। कोहलीसँगै टी २० विश्वकपमा रहेका मोहम्मद शामी, रविन्द्र जडेजा र जस्प्रित बुमराह टोलीमा परेनन्।
पहिलो टी २० आई खेल १७ नोभेम्बरमा जयपुर र दोस्रो राँचीमा १९ नोभेम्बरमा हुनेछ। तेस्रो तथा अन्तिम टि२० आई खेल २१ नोभेम्बरमा कोलकतामा हुनेछ।
यस्तो छ भारतीय टोली
रोहित शर्मा (कप्तान), लोकेश राहुल (उपकप्तान), ऋतुराज गायकवाड, श्रेयस ऐर, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), ईशान किशन (विकेटकिपर), वेंकटेश ऐर, युजभेन्द्र चहल, रविचन्द्रन आश्विन, अक्षर पटेल, आवेश खान, भुवनेश्वर कुमार, दीपक चारह, हर्षल पटेल र मोहम्मद शिराज ।