आइसिसी टी-२० विश्वकप २०२१ अन्तर्गत आज दोस्रो सेमिफाइनलमा पाकिस्तान र अस्ट्रेलियाबीच खेल हुँदैछ।
खेल दुबईमा राति पौने आठ बजे सुरू हुनेछ। पाकिस्तान सुपर १२ अन्तर्गत समूह २ को विजेताको रूपमा अन्तिम चारमा पुगेको हो।
अस्ट्रेलियाले समूह १ को उपविजेता बनेर सेमिफाइनलमा पुगेको हो।
सुपर १२ मा सबै खेल जितेको पाकिस्तान उच्च लयमा छ। अस्ट्रेलिया भने सुपर १२ मा इंग्ल्यान्डसँग पराजित भएको थियो।
खेलको विजेताले उपाधिका लागि आगामी आइतबार राति न्युजिल्यान्डसंँग प्रतिस्पर्धा गर्नेछ।
न्युजिल्यान्डले बुधबार राति भएको खेलमा इंग्ल्यान्डलाई ५ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो।