न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै अस्ट्रेलिया पहिलो पटक टी-ट्वान्टी विश्व च्याम्पियन भएको छ।
युएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा आइतबार राति सम्पन्न फाइनलमा न्युजिल्यान्डले दिएको १७३ रनको लक्ष्य अष्ट्रेलियाले मात्र २ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो।
यसपटक टी-२० विश्वकप विजेता र अन्य पुरस्कारमा आईसीसीले ५६ लाख डलर पुरस्कार राशि राखेको थियो।
अस्ट्रेलियाले पहिलो पटक टी-२० विश्वकप जितेको अस्ट्रेलियाले उपाधिसहित १७ लाख ६० हजार डलर पुरस्कार रकम हात पार्यो।
यस्तै पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको उपविजेता न्युजिल्यान्डले ९ लाख ६० हजार डलर हात पार्यो।
प्रतियोगिताको सेमिफाइनलबाट बाहिरीएको पाकिस्तानले ६ लाख डलर र इंग्ल्यान्डले ५ लाख ६० हजार डलर पाए।
यस्तै सुपर-१२ चरणबाट बाहिर भएका ८ वटा टोलीले समान ७०-७० हजार डलर पाए। यस बाहेक सुपर-१२ चरणमा एउटा जितको लागि हरेक टिमले समान ४०-४० हजार डलर पुरस्कार थप पाए।
यस्तै समूह चरणमा प्रत्येक खेलको जितको लागि टिमहरुले प्रति खेल ४०-४० हजार डलर र बाहिरिँदा ४०-४० हजार डलर पुरस्कार पाएका थिए।
देश | पुरस्कार रकम (अमेरिकी डलरमा) | |
अष्ट्रेलिया | १७ लाख ६० हजार | विजेता |
न्यूजिल्याण्ड | ९लाख ६० हजार | उपविजेता |
पाकिस्तान | ६ लाख | सेमिफाइनल |
इङ्ल्याण्ड | ५ लाख ६० हजार | सेमिफाइनल |
दक्षिण अफ्रिका | २ लाख ३० हजार | दोस्रो चरण |
भारत | १ लाख ९० हजार | दोस्रो चरण |
अफगानिस्तान | १ लाख ५० हजार | दोस्रो चरण |
श्रीलंका | २ लाख ७० हजार | दोस्रो चरण |
वेष्टइन्डिज | १ लाख १० हजार | दोस्रो चरण |
नामिबिया | १ लाख ९० हजार | दोस्रो चरण |
बंगलादेश | १ लाख ५० हजार | दोस्रो चरण |
स्कटल्याण्ड | १ लाख ९० हजार | दोस्रो चरण |
आयरल्याण्ड | ८० हजार | पहिलो चरण |
ओमान | ८० हजार | पहिलो चरण |
नेदरल्याण्ड | ४० हजार | पहिलो चरण |
पपुवान्यूगिनि | ४० हजार | पहिलो चरण |
जम्मा | ५६ लाख | |