पाकिस्तानले बंगलादेशविरूद्धको टेस्ट सिरिजका लागि टिमको घोषणा गरेको छ। बाबर आजमको कप्तानीमा २० सदस्सीय टिमको घोषणा गरेको हो ।
घरेलु क्रिकेटमा एकै सिजन सबैभन्द बढी १२४९ रन बनाएका कामरान गुलाम पनि बंगलादेशविरूद्धको सिरिजमा पाकिस्तानी टिममा परेका छन्।
गुलामले यसै वर्ष सन् १९८३-८४ मा एकै सिजन बनाएको सर्वाधिक १२१७ रनको कीर्तिमान तोडेका थिए।
यस्तै ओपनर इमाम उल हक र अफ स्पिनर बिलाल आसिफ पनि टिममा परेका छन्। इमरान बट, हारिस रउफ, शाहनवाज धानी र यासिर शाहलाई आराम दिइएको छ।
दुई टेस्ट म्याच आगामी नोभेम्बर २६ बाल चटगाँउमा सुरू हुनेछ।
पाकिस्तानको टेस्ट टीम
बाबर आजम, (कप्तान), मोहम्मद रिजवान (उप कप्तान), अब्दुल्ला शफिक, आबिद अली, अजहर अली, बिलाल आसिफ, फहिम अशरफ, फवाद आलम, हसन अली, इमाम उल हक, कामरान गुलाम, मोहम्मद अब्बास, मोहम्मद नवाज, नसीम शाह, नौमान अली, साजिद खान, सरफराज अहमद, सउद शकील, शाहीन शाह अफ्रिदी, जाहिद मोहम्मद।
टेस्ट सिरिजअघि पाकिस्तान र बंगलादेशबीच टी-ट्वान्टी सिरिज हुनेछ। तीन खेलको टी-ट्वान्टी सिरिज ढाकामा शुक्रबारबाट सुरू हुनेछ।