नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले वार्षिक साधारण सभा पुष १४ र १५ मा धनगढीमा गर्ने निर्णय गरेको छ।
यस्तै क्यानको विधानअनुसार ४ वर्षे कार्यकाल समाप्त भएका र कार्यकाल समाप्त हुने जिल्ला क्रिकेट संघको अधिवेशन माघ ७भित्र सम्पन्न गर्न सन्बन्धित जिल्ला क्रिकेट संघलाई निर्देशन दिने निर्णय भएको छ।।
राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक छनोटका लागि कार्यवहाक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा संघका कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रवन्धक रौनकबहादुर मल्ल, क्रिकेट म्यानेजर विनोद दास र एक जना आइसिसी प्रतिनिधि रहने गरी ५ सदस्यीय छनोट समिति गठन गर्ने निर्णय गरेको छ।
संघको आर्थिक कार्यविधि पारित गरिएको छ।
प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष क्रिकेट प्रतियोगिता आगामी पुस १५ गते भित्र सम्पन्न गर्ने निर्णय भएको छ।
मंगलबार बसेको भर्चुअल बैठक केही सदस्यले भने बहिष्कार गरेका छन्। संघका सदस्य छुम्बी लामा, ऋषिराम गौतम लगायतले बैठक बहिष्कार गरेका थिए।