वाई-वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमका अर्जुन साउदले शतक प्रहार गरेका छन्।
अर्जुनले बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा प्रदेश २ विरुद्ध ११६ रन जोडेका हुन्।
उनले ८५ बलमा १४ चौका र ५ छक्का प्रहार गरेका थिए। उनी जारी प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन्।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले अर्जुनको शतकसँगै ४१.४ ओभरमा २९० रन जोड्यो।
अर्जुनसँगै लोकेश बमले पनि उत्कृष्ट ब्याटिङ गरे। उनले ७३ बलमा १३ चौका र १ छक्काको मद्दतमा ८१ रनको योगदान दिए।
बलिङमा प्रदेश २ का प्रदिप पासवानले ३ विकेट लिए।