वाई-वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश २ ले रोमाञ्चक जित हात पारेको छ। प्रदेश २ ले बिहीबार त्रिवि मैदानमा भएको खेलमा सुदूरपश्चिमलाई २ विकेटले पराजित गर्यो।
सुदूरपश्चिमले दिएको २९१ रनको लक्ष्य प्रदेश २ ले ५ बल बाँकी छदा २ विकेट गुमाएर पार गर्यो।
प्रदेश २ का लागि अदिल अन्सारीले नटआउट ८७ रन जोडे। उनले ४३ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। अमित यादवले ४९ रन जोडे भने गुल्शन झाले ४६ रनको योगदान गरे।
बलिङमा सुदूरपश्चिमका शेर मल्ल र नरेन्द्र साउदले ३-३ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ४१.४ ओभरमा २९० रन जोड्यो।
उसका लागि र्जुन साउदले शतक प्रहार गरे। ११६ रन जोड्ने क्रममा उनले ८५ बलमा १४ चौका र ५ छक्का प्रहार गरेका थिए। उनी जारी प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन्।
अर्जुनसँगै लोकेश बमले पनि उत्कृष्ट ब्याटिङ गरे। उनले ७३ बलमा १३ चौका र १ छक्काको मद्दतमा ८१ रनको योगदान दिए।
बलिङमा प्रदेश २ का प्रदिप पासवानले ३ विकेट लिए।
यता मुलपानीमा भएको खेलमा कर्णाली प्रदेशमाथि प्रदेश १ ले ७६ रनको जित निकालेको छ।
पहिले ब्याटिङ गरेको प्रदेश १ ले ५० ओभरमा अलआउट हुने क्रममा २३९ रन जोड्यो। प्रदेश १ का लागि विवेक मेहताले ५९ रन जोडे। बलिङमा कर्णालीका अनुज चुनारा, रुपक दाहाल र सन्दीप शाहीले २-२ विकेट लिए।
२४० रनको लक्ष्य पछ्याएको कर्णालीले ३८ ओभरमा १६३ रनमा अलआउट भयो। उसका लागि रुपक दाहालले नटआउट ४१ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। बलिङमा प्रदेश १ का श्रवण किस्कुले ४ विकेट लिए।