भारतले न्यूजिल्याण्डविरूद्धको टेष्ट सिरिजको पहिलो खेलमा उत्कृष्ट सुरूआत गरेको छ। टस जितेर पहिले व्याटिङ गर्दै पहिलो दिनको खेल सकिँदा भारतले ४ विकेट गुमाएर २५८ रन बनाएको छ।
भारतका लागि मयंक अग्रवालले १३, शुभमन गिलले ५२, चेतेश्वर पुजाराले २६ र कप्तान अजिंक्य रहाणेले ३५ रन बनाएर आउट भए। १४५ रनमै ४ विकेट गुमाएको भारतका लागि डेब्यू खेलाडी श्रेयस अय्यर र रवीन्द्र जडेजाले पारी सम्हालिरहेका छन्।
अय्यरले १३६ बलमा दुई छक्का र सात चौकासहित अविजित ७५ रन बनाएर खेलिरहेका छन्।
त्यस्तै, जडेजाले टेष्ट क्रिकेटमा १७ औं अर्धशतक पुरा गर्ने क्रममा १ सय बलमा ६ चौकासहित ५० रन जोडेका छन्। अय्यर र जडेजाबीच पाँचौ विकेटका लागि ११३ रनको साझेदारी भएको छ ।
पहिलो दिनको खेल समाप्तिमा बलिङतर्फ कायल जेमिसनले उत्कृष्ट प्रदर्शन गरेका छन्। उनले १५.२ ओभरमा ६ मेडनसहित महत्वपूर्ण ३ विकेट लिएका छन्। चोटका कारण जेमिसनले आफ्नो १५ ओभर पूरा गर्न सकेनन् ।
त्यस्तै, टिम साउथीले १४.४ ओभरमा ३ मेडनसहित ४३ रन दिएर एक विकेट हात पारे।