वाई-वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले लगातार तेस्रो खेलमा जित हात पारेको छ।
प्रदेश १ ले शुक्रबार कीर्तिपुर मैदानमा भएको खेलमा प्रदेश २ लाई ७ विकेटले पराजित गर्यो।
प्रदेश २ ले दिएको २१२ रनको लक्ष्य प्रदेश १ ले ३ विकेटको क्षतिमा ४४.१ ओभरमा पूरा गर्यो।
प्रदेश १ का लागि सोनु अन्सारीले शतक प्रहार गरे। उनले नटआउट ११९ रन जोडे। ओपनर अन्सारीले १४५ बलमा १४ चौका र ३ छक्का हिर्काए।
दिपेश कँडेलले ३३ रन र विकेक मेहताले नटआउट २४ रन जोडे।
त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश २ अलआउट हुने क्रममा ४८.२ ओभरमा २११ रन जोडे।
उसका लागि विवेक यादवले ७० रन र रोशन विकले ४७ रनको योगदान दिए। बलिङमा प्रदेश १ का दिपेश कँडेलले ३ विकेट लिए। दिपक जोशी र गौरव कटुवालले २-२ विकेट लिए।
यता लुम्बिनीले सुदूरपश्चिमलाई २ विकेटले हरायो।
सुदूपश्चिमले दिएको २४१ रनको लक्ष्य लुम्बिनीले ४८.३ ओभरमा ८ विकेट गुमाएर पार गर्यो।
लुम्बिनीका लागि कप्तान देव खनालले ९२ रन जोडे। यस्तै वासिर अहमेदले नटआउट ३८ रनको योगदान दिए।
बलिङमा सुदूरपश्चिमका आकास चन्दले ३ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा २४० रन जोड्यो। उसका लागि नारायण जोशीले ६५ रन र बसन्त कार्कीले ५७ रन बनाए। बलिङमा लुम्बिनीका मोमहद हुसेनले ४ विकेट लिए।