१५ औं सिजनका लागि इन्डियन प्रिमियर लिग (आइपिएल) मा पुराना ८ टिमले न्यूनतम खेलाडी अनुबन्ध गर्ने समयसीमा आज सकिँदैछ।
पुराना ८ टिमले बढीमा ४ जना खेलाडी आफैसँग राख्न पाउनेछन्। यसमा ३ जनाभन्दा बढी भारतीय खेलाडी र २ जनाभन्दा धेरै विदेशी खेलाडी रिटेन गर्न पाइने छैन।
थपिएका २ टिम लखनउ र अहमदाबादले बढीमा ३ जना खेलाडी अनुबन्ध गर्न पाउनेछन्। नयाँ टिमले २५ डिसेम्बरसम्म खेलाडी रिटेन गर्न पाउने नियम छ। त्यसपछि आगामी जनवरीमा बाँकी खेलाडीको बोलकबोल लिलामी हुनेछ।
इएसपिएनक्रिकइन्फोका अनुसार पुराना ८ टिमले रिटेन गर्ने खेलाडी लगभग फाइनल गरिसकेका छन्।
• दिल्ली क्यापिटल्स- ऋषभ पन्त, पृथ्वी शा, अक्षर पटेल र एनरिक नोर्त्जे
• चेन्नइ सुपरकिंग्स- महेन्द्र सिंह धोनी, रविन्द्र जडेजा, मोइन अली र ऋतुराज गायकवाड
• कोलकाता नाइट राइडर्स- वरूण चक्रवर्ती, आन्द्रे रसेल, भेङ्कटेश अय्यर र सुनील नारायण
• रोयल च्यालेन्जर्स बैंगलोर- विराट कोहली र ग्लेन म्याक्सवेल
• मुम्बई इण्डियन्स- रोहित शर्मा र जसप्रित बुमराह
• पञ्जाब किङ्ग्स- मयङ्क अग्रवाल र अर्शदीप सिंह
• राजस्थान रोयल्स- सञ्जु सामसन
• सनराइजर्स हैदराबाद- केन विलियमसन
सन् २०२२ देखि १० टिमले सहभागी जनाउनेछन्। आईपीएलले यर् वर्षदेखि हरेक टिमलाई ९० करोडको बजेट सिमा तोकेको छ।
आफ्ना चार खेलाडी रिटेन गरेको टिमबाट ४२ करोड बजेट काटिनेछ। यस्तै तीन मात्र खेलाडी रिटर्न गर्ने टोलीको ३३ करोड काटिनेछ। यस्तै दुई मात्र खेलाडी रिटेर्न गर्ने टिमको २४ करोड र एक मात्र खेलाडी रिटेन गर्ने टोलीको १४ करोड भारतीय रूपैया काटिनेछ।