वाई-वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले फाइनल पुग्ने सम्भावना कायमै राखेको छ।
बिहीबार कीर्तिपुर मैदानमा प्रदेश १ माथि १ विकेटको रोमाञ्चक जित हात पार्दै गण्डीकले फाइनल स्थान बनाउने सम्भावना कायमै राखेको हो।
बिहीबार प्रदेश १ ले दिएको १३४ को लक्ष्य गण्डकीले ३८ ओभरमा ९ विकेट गुमाएर पार गर्यो। गण्डकीका लागि अर्जुन कुमालले ३५ रन, दिपक डुम्रेले ३३ रन र मिलन क्षेत्रीले २४ रनको योगदान दिए।
बलिङमा प्रदेश १ का दिपेश कँडेलले ४ विकेट लिए।
पहिले ब्याटिङ गरेको प्रदेश १ ले ४४.४ ओभरमा अलआउट हुने क्रममा १३३ रन जोड्न सक्यो। उसका लागि दिपेश कँडेलले सर्वाधिक ४६ रन जोडे।
बलिङमा गण्डकीका कमल परियारले ३ विकेट लिए। सुदीप अर्यालले २ विकेट हात पारे।
यता मुलपानीमा भएको खेलमा कर्णालीले आफ्नो अन्तिम खेलमा जित हात पारेको छ।कर्णालीले प्रदेश २ लाई २ विकेटेले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको प्रदेश २ खराब ब्याटिङ गर्ने क्रममा १३.२ ओभरमा ४५ रनमा अलआउट भयो। प्रदेश २ का लागि सनी साहले १२ रन र सन्तोष कार्कीले ११ रन जोडे। अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
बलिङमा कर्णालीका प्रकाश जैसीले ८ विकेट र अनुज चुनाराले २ विकेट हात पारे। प्रकाशले ६.४ ओभरमा ३ मेडन राख्दा १६ रन खर्चिए।
४६ रनको लक्ष्य कर्णालीले १३.३ ओभरमा ८ विकेट गुमाएर पार गर्यो। कर्णालीका लागि प्रकाश जैसीले १६ रन जोडे। अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
बलिङमा प्रदेश २ का राजेश यादवले ६ विकेट र विवेक यादवले २ विकेट हात पारे।
योसँगै कर्णाली र प्रदेश २ ले प्रतियोगितामा सबै खेल खेले। पुछारको प्रदेश २ ले ६ खेलमा २ जित र छेटौं कर्णालीले पनि समान जित हात पारे। दुवै टिम फाइनल भने पुग्न असफल भए।
यसअघि शीर्ष स्थानको लुम्बिनी ६ खेलबाट १० अंक जोडेर फाइनल पुगिसकेको छ। दोस्रो स्थानको सुदूरपश्चिम, तेस्रो स्थानको गण्डकी र चौथो स्थानको बागमतिको ६-६ अंक छ। पाँचौ स्थानको बागमतिको ४ अंक छ।
अब समूह चरणको अन्तिम खेलमा शुक्रबार बागमति र सुदूपश्चिमबीच खेल हुनेछ। सुदुरपश्चिम विजयी भए फाइनलमा लुम्बिनीसँग खेल्नेछ।
बागमति विजयी भएमा रनरेटमा सुदूरपश्चिम, गण्डकी, प्रदेश १ र बागमित मध्ये एक टिम फाइनल पुग्नेछ।