वाई-वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशबीच भिडन्त हुने भएको छ।
यसअघि लुम्बिनीले ६ मध्ये ५ खेलमा जित हात पार्दै फाइनलमा स्थान बनाएको थियो।
सुदूपश्चिमले शुक्रबार भएको निर्णायक खेलमा बागमति प्रदेशलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो।
कीर्तिपुर मैदानमा बागमति ३०.१ ओभरमा ९५ रनमा अलआउट भयो।
बामगतिका लागि विकेट मगरले नटआउट ३२ रन जोडे। अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइँ आउट भए।
बलिङमा सुदूपश्चिमका हेमन्त धामीले ५ विकेट र शेर मल्लले ४ विकेट लिए।
हेमन्तले १० ओभरमा १९ रन खर्चिँदा ४ मेडन राख्न सफल भए। शेर मल्लले ५.१ ओभरमा ३१ रन दिए।
९६ रनको लक्ष्य सुदूपश्चिमले २३.१ ओभरमा २ विकेट गुमाएर पार गर्यो।
सुदूपश्चिमका लागि नरेन भट्टले नटआउट ३७ रन र राहुल भण्डारीले नटआउट ३१ रन जोडे।
बलिङमा बागमतिका प्रतिश जिशी र गौतम केसीले १-१ विकेट लिए।
अब उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिमबीच आगामी आइतबार भिडन्त हुनेछ।