न्युजिल्यान्डविरूद्धको दोस्रो टेस्टको पहिलो दिन भारतले ४ विकेटको क्षतिमा २२१ रन जोडेको छ।
मुम्बईमा ढिलो गरी सुरू भएको टेस्टमा भारतले टस जितेर पहिले ब्याटिङ गरेको थियो।
जसमा ओपनर मयंक अग्रवाल पहिलो दिनको खेल सकिदा नटआउट छन्। उनले १२० रन बनाएर खेलिरहेका छन्। २४६ बलको सामना गरेका उनले १४ चौका र ४ छक्का हिर्काएका छन्।
उनलाई ऋद्धिमान साहले २५ रन बनाएर साथ दिइरहेका छन्। अर्का ओपनर शुभमन गिल भने ४४ रन मा आउट भएका छन्।
चेतेश्वर पुजारा र विराट कोहली भने शून्यमा आउट भए। पुजाराले ५ बल र कोहलीले ४ बलको सामना गरेका थिए। गिल, पुजारा र कोहली तीनै जनालाई न्युजिल्यान्डका अजाज पटेलले आउट गरे।
मुम्बईमा जन्मिएका पटेलले गिललाई रोश टेलबाट क्याच गराउँदा पुजारालाई बोल्ड र कोहलीलाई एलबिडब्लूको धरापमा पारेका थिए।
एलबिडब्लू आउटको इशारा पाएपछि कोहलीले रिभ्यू मागेका थिए। रिभ्यूमा पनि उनी आउट भएको देखिएको थियो।
त्यसपछि श्रेयर अय्यरलाई पटेलले नै आउट गरे। उनले पहिलो दिन चार विकेट लिँदा २९ ओभरमा ७३ रन खर्चिएका छन् भने १० ओभर मेडन फ्याँकेका छन्।