नेपाल क्रिकेट संघले आगामी डिसेम्बरमा युएईमा आयोजना हुने भनिएको यु-१९ एसिया कपको लागि २० सदस्यीय राष्ट्रिय टिमको प्रारम्भीक घोषणा गरेको छ।
काठमाडौंमा आइतबार सम्पन्न यु-१९ राष्ट्रिय प्रतियोगिता सकिएकै दिन टोली घोषणा गरेको हो। प्रतियोगिता डिसेम्बर २० तारिख देखि २ जनवरीसम्म चल्ने बताईएको छ। यद्यपी कोरोनाको नयाँ भेरिएन्टका कारण एसिया कप समयमै आयोजना हुने/नहुने अधिकारिक घोषणा एसीसीले गरेको छैन।
क्यानले आगामी मङ्सिर २२ गतेदेखि यु-१९ एसिया कपको लागि बन्द प्रशिक्षण थाल्ने बताएको छ। तर क्यानले प्रशिक्षक भने घोषणा गरेको छैन ।
यु-१९ एसिया कपमा नेपाल सहित, अफगानिस्तान, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, युएई र कुवेत प्रतिस्पर्धा गर्नेछन्।
घोषित टिम : देव खनाल, मोहम्मद हुसेन, बसिर एहमद, सन्तोष कार्की, बिबेक यादव, बिबेक राना मगर, तिलक राज भण्डारी, सोनु अन्सारी, दिपेश कंडेल, अर्जुन कुमाल, कमल परियार, अनुज चनारा, प्रकाश जैसी, बसन्त कार्की, अर्जुन साउद, शेर मल्ल, राहुल भण्डारी, गुल्सन झा, बिपिन शाही, आदील अन्सारी।