भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भारको एकदिवसीय टिमको कप्तानी रोहित शर्मालाई दिने निर्णय गरेको छ।
बीसीसीआईले बुधबार विराट कोहलीलाई हटाउँदै वानडे टिमको कप्तानी पनि रोहितलाई दिने भएको हो। यसअघि नै रोहितले टी–२० टिमको कप्तानी पाइसकेका छन्।
आगामी दक्षिण अफ्रिका भ्रमणमा रोहितले भारतीय टिमको नेतृत्व गर्नेछन्।
सन् २०१७ देखि भारतीय ओडिआई टोलीको कप्तानी गर्दै कोहलीले भारतका लागि ९५ एक दिवसीय खेलमा कप्तानी गरे।
जसमा ६५ खेलमा जित हात पार्दा २७ मा हारको सामना गरेका थिए। एक खेल बराबरी र दुई खेल नतिजा विहीन थियो।
हालै एकदिवसीय विश्वकपको सेमिफाइनलबाटै बाहिरिएको भारत कोहलीकै कप्तानीमा २०१७ को च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानसँग १ सय ८० रनको फराकिलो अन्तरले पराजित भएको थियो।
यसअघि नै उपकप्तान रहिसकेका शर्माले कोहलीको अनुपस्थितिमा १० ओडिआई खेलमा कप्तानी गरिसकेका छन्। जसमा ८ खेलमा जित र २ खेलमा हार बेहोरेका छन्।
रोहित अब भारतको ओडआई र टी २० आई दुबैको कप्तान बन्नेछन्। रोहितको कप्तानीमा भारतले अघिल्लो महिना घरेलु मैदानमा न्युजिल्यान्डसँगको तीन टि२० आईमा क्लिनस्विप गरेको थियो ।
टेस्ट टोलीको कप्तानी भने कोहलीले नै गर्नेछन्।