एसेज शृंखलाअन्तर्गत दोस्रो दिनको खेल सकिँदा घरेलु टिम अस्ट्रेलियाले १९६ रनको अग्रता लिएको छ।
दोस्रो दिनको खेल सकिँदा अस्ट्रेलिया पहिलो इनिङ्ग्समा ७ विकेट गुमाएर ३४३ रनको अवस्थामा छ।
अस्ट्रेलियाका लागि त्रविस हेडले ११२ रनको योगदान दिएका छन्। त्यसअघि डेभिड वार्नरले ९४ रन र मार्नस लबुसेनले ७४ रन जोडेका थिए।
हेड ११२ रनमा नटआउट रहदा उनलाई मिचेल स्टार्कले १० रन बनाएर साथ दिइरहेका छन्। बलिङमा इंग्ल्यान्डका ओली रोबिन्सनले ३ विकेट लिएका छन्।
त्यसअघि पहिलो इनिङ्ग्समा इंग्ल्यान्ड १४७ रनमै अलआउट भएको थियो। इंग्ल्यान्डका लागि जोस बटलरले ३९ रन र ओली पोपले ३५ रनको योगदान गरेका थिए।
बलिङमा अस्ट्रेलियाका पास कमिङ्ग्सले ५ विकेट लिँदा स्टार्क र जोश हजलउडले २-२ विकेट लिए। क्यामरन ग्रिनको नाममा १ विकेट रह्यो।