नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी यू-१९ एसिया कपका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरेको छ। १५ सदस्यीय नेपाली टिमको कप्तानी ब्याट्सम्यान देव खनालले गर्नेछन्।
यूएईमा आगामी डिसेम्बर २३ देखि हुने प्रतियोगितामा नेपालले पहिलो खेल बंगलादेशसँग खेल्नेछ।
यो पनि : उत्कृष्ट ब्याटिङले नेपाली क्रिकेटमा उदाइरहेका देव
नेपाल रहेको समूह 'बी' मा बंगलादेश, श्रीलंका र कुवेत छन्।
समूह 'ए' मा भारत, आफगानिस्तान, आयोजक युएई र पाकिस्तान छन्।
समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनल डिसेम्बर ३० मा हुनेछ। फाइनल डिसेम्बर ३१ मा दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ।
नेपाली टिम
- १ देव खनाल - कप्तान
- २ शेर मल्ल - उपकप्तान
- ३ दीपेश कँडेल
- ४ विवेक यादव
- ५ गुलशन झा
- ६ विवेक राना मगर
- ७ सन्तोष कार्की
- ८ आदील अन्सारी
- ९ तिलकराज भण्डारी
- १० अर्जुन कुमाल
- ११ वसिर अहमद
- १२ दुर्गेश गुप्ता
- १३ प्रकाश जैसी
- १४ अर्जुन साउद
- १५ राहुल भण्डारी
टिम व्यवस्थापक - धर्मराज गिरी
प्रमुख प्रशिक्षक - बसन्त साही
नेपालको खेल
नेपाल भर्सेस बंगलादेश - २३ डिसेम्बर - शारजाह
श्रीलंका भर्सेस नेपाल - २६ डिसेम्बर - शारजाह
नेपाल भर्सेस कुवेत - २८ डिसेम्बर - आइसिसी एकेडेमी दुबई