धनगढीमा शनिबारदेखि 'प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता' सुरू भएको छ।
नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेटको सहआयोजनामा उक्त प्रतियोगिता सञ्चालनमा आएको हो।
फाप्ला क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले प्रतियोगिताको उद्घाटन गरेका हुन्।
पहिलो खेल प्रदेश १ र कर्णाली प्रदेशबीच भइरहेको छ। यस्तै आजै हुने दोस्रो खेलमा बागमती र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुने छ।
शनिबारदेखि सुरू भएको प्रतियोगिता पुस ११ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा ७ प्रदेश र एक विभागीय गरी ८ टिमको सहभागिता रहेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरि रेग्मीले बताए।
प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख र द्वितीयले ३ लाख पुरस्कार पाउने छन्।