प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रदेश नम्बर १ र लुम्बिनी प्रदेश प्रवेश गरेका छन्।
धनगढीमा भइरहेको प्रतियोगितामा समूह 'ए' तर्फका आफ्ना दुवै खेलमा जित हात पार्दै लुम्बिनी र प्रदेश १ अन्तिम चारमा पुगेका हुन्।
प्रतियोगिताको दोस्रो दिन आइतबार भएको पहिलो खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई १० विकेटले हरायो भने प्रदेश १ ले बागमती प्रदेशलाई ५५ रनले हरायो।
लुम्बिनीले कर्णाली प्रदेशलाई १० विकेटले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। टस जितेर पहिले ब्याटिङ गर्दै कर्णाली प्रदेशले हुस्सु र शीतलहरका कारण ६ ओभरमा खेलाइएको खेलमा १७ रन बनायो।
कर्णालीले निर्धारित ६ ओभरमा ३ विकेट क्षतिमा १७ रन बनायो। कर्णालीका लागि कप्तान आयुशा टण्डनले ७ रन र दिक्षा पुरीले अविजित ७ रन बनाइन्। लुम्बिनी प्रदेशका लागि सुस्मिता भुषालले २ र नेरी थापाले एक विकेट लिइन्। कर्णाली प्रदेश यसअघि भएको खेलमा प्रदेश १ बाट ६ रनमा अलआउटमा भएको थियो।
कर्णाली प्रदेशले दिएको १८ रनको लक्ष्य लुम्बिनीले बिना विकेट क्षति पूरा गऱ्यो। ३ दशमलव १ ओभरमा कुनै विकेट नगुमाउँदै लुम्बिनीलाई सानदार जित दिलाउन लक्ष्मी चौधरीले १२ रन बनाइन्। लुम्बिनीका लागि नेरी थापाले ५ रन बनाइन्। खेलमा दुई विकेट लिएकी लुम्बिनी प्रदेशकी सुस्मिता भुषाल प्लेयर अफ द म्याच भइन्।
यस्तै आइतबार भएको दोस्रो खेलमा बागमती प्रदेशलाई ५५ रनले हराउँदै प्रदेश नम्बर १ सेमिफाइनल पुगेको हो।
टस जितेर पहिले ब्याटिङ गर्दै प्रदेश नम्बर १ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११४ रन बनायो। प्रदेश नम्बर १ का लागि अप्सरी बेगमले अविजित अर्धशतक बनाइन्। ६२ बलको सामना गरेकी उनले ५१ रन बनाइन्। त्यस्तै स्मृति कटुवालले २० र सबनम राईले १५ रन बनाइन्। बागमती प्रदेशका लागि अस्मिना कर्माचार्य र खुशी डंगोलले दुई-दुई विकेट लिए।
११५ रनको विजय लक्ष्य पछ्याएको बागमती प्रदेश ओभरमा सबै विकेट गुमाउँदै रनमा समेटियो। बागमतीका लागि सुमन खतिवडाले प्रतियोगिताको पहिलो छक्का सहित २१ रन बनाए पनि टिमलाई जिताउन सकिनन्। कप्तान अस्मिना कर्माचार्यले १० रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो रन अंक छुन सकेनन्।
बागमतीका ५ जना खेलाडी रनआउट भए। कप्तान रुबिना क्षेत्री, ज्योति दनुवार र अलिशा खाडियाले एक-एक विकेट लिइन्। खेलमा अर्धशतकीय बनाएकी प्रदेश १ की अप्सरी बेगम प्लेयर अफ द म्याच भइन्।