प्रदेश एकको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता डिजिटल गढी निर्माण अभियानको आयोजना र सुनसरी जिल्ला क्रिकेट संघको व्यवस्थापनमा भएको डिजिटल गडी प्रिमियर लिगको उपाधि छपकी सुपर किंग्स मधेली च्यालेन्जरलई ६५ रनले हराउँदै जितेको छ।
आजको फाइनल खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको छपकीले २० ओभरमा ८ विकेट गुमाउँदै १७६ रन को विशाल लक्ष्य प्रस्तुत गरेको थियो।
उसका लागि श्रवण यादवले ३० बलमा ५९ रन बनाएका थिए। त्यस्तै कप्तान सिद्धान्त लोहनीले १२ बलमा ३० रन बनाएका थिए।
बलिङमा मधेली च्यालेन्जरका लागि सुमित यादव ,कमल खत्री, आमोद यादवले समान २-२ विकेट लिए।
१७६ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको मधेली १९.२ ओभरमा १०७ रनमा अलआउट भयो।
मधेलीका लागि विवेक मेहताले सर्वाधिक ३० बलमा २८ रन बनाएका थिए।
बलिङमा छपकीका अभिषेक ले ३ विकेट लिए।
फाइनल खेलका म्यान अफ म्याच श्रवण यादव घोषित भएका थिए।
प्रतियोगिताको बेस्ट बलर मधेली च्यालेन्जरका सुमित यादव त्यसैगरी वेस्ट ब्याट्सम्यान छपकी सुपर किंग्सका रितेश रोय र प्लेयर अफ द सिरिज छपकी सुपर किङ्स का श्रवण यादव भएका थिए।
फाइनल खेलका विजेता टोली छपकी सुपर किङ्स ले ट्रफी मेडल सहित १ लाख नगद पुरस्कार हात पार्यो। उपविजेता बनेको मधेली ले पचास हजार नगद र मेडल प्राप्त गर्यो।
नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय कोषाध्यक्ष रोशन सिंह ,नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य साथै गण्डकी खेलकुद विकास बोर्ड का सदस्य ऋषिराम गौतम , नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य दुर्गाराज पाठक, मुख्य प्रायोजक वाई वाई का मार्केटिङ म्यामेजर रवीन्द्र मास्के, डिजिटल आदर्श गडी निर्माण अभियानका अध्यक्ष विद्यानन्द यादव, उपाध्यक्ष श्रवण यादव र डिजिटल गडी प्रिमियर लिगका प्रतियोगिताका डाइरेक्टर विप्लव घोषले पुरस्कार दिए।
चैत्र २५ देखि बैशाख १ गतेसम्म भएको यस प्रतियोगितामा छपकी सुपर किंग्स, छिटाहा टाइगर्स, गडी राईडर्स, भमरी वारियर्स र मधेली च्यालेन्जर्स गरी ५ टोलिले यस प्रतियोितामा प्रतिस्पर्धा गरेका थिए।