भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा दुई जना ब्याटरले दौडिएर पहिलो पटक चार रन बनाएका छन् ।
लिगअन्तर्गत सोमबार भएको खेलमा कोलकाता नाइट राइडर्सविरूद्ध राजस्थान रोयल्सका ओपनर ब्याटरद्वय देवदत्त पडिकल र जस बटलरले दौडिएरै चार रन बनाएका हुन्।
खेलको पहिलो इनिङ अन्तर्गत तेस्रो ओभरमा उमेश यादवको अन्तिम बलमा बटलर र पडिकलले चार रन लिएका थिए।
चारै रन सबै दौडिएर लिएका हुन्। यसमा ओभरथ्रोसमेत भएको थिएन। यो आइपिएल इतिहासमै पहिलो पटक भएको हो।
यसअघि सन् २०१७ मा ग्लेन म्याक्सवेलले दौडिर चार रन पूरा गरेका थिए। तर त्यतिबेला २ रन ‘ओभर थ्रो’ भएकाले पूरा गर्न पाएका थिए ।
सोमबारको खेलमा बटलरले १०३ रनको सतकीय पारी खेलेका थिए। यस्तै पाडिक्कलले २४ रन जोडेका थिए। निर्धारित २० ओभरमा २१७ रन बनाएको राजस्थानले कोलकातालाई सात रनले पराजित गरेको थियो।