भारतीय ब्याट्सम्यान सूर्यकुमार यादवले पाकिस्तानका कप्तान बाबर आजमलाई टी-२० ब्याट्सम्यानको विश्व वरीयतामा पछि पारेका छन्।
आइसिसी पुरुष खेलाडी वरीयतामा यादव तेस्रो स्थानमा उक्लिएका छन्। बाबर चौथो स्थानमा झरेका छन्।
शीर्ष स्थानमा पाकिस्तानकै मोहमद रिजवान छन् भने दोस्रो स्थानमा दक्षिण अफ्रिकाका एडेन मक्रम रहेका छन्।
रिजवानले मंगलबार कराँचीमा इंग्ल्यान्डविरुद्ध अर्धशतक प्रहार गरेका थिए।
ब्याट्सम्यानको पाँचौ स्थानमा इंग्ल्यान्डका डेभिड मलान छन्।
यता बलरको वरीयतामा अस्ट्रेलियाका जोश हजलउड शीर्ष स्थानमा छन् भने दक्षिण अफ्रिकाका तबरेज शाम्मी दोस्रो स्थानमा छन्।
इंग्ल्यान्डका आदिल रसिद तेस्रो र अफगानिस्ताका रासिद खान चौथो स्थानमा छन्। अस्ट्रेलियाका एडम जाम्पा पाँचौ स्थानमा छन्।