राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत क्रिकेटका मुख्य प्रशिक्षक जगत टमाटाले उमेर हदका कारण अवकास पाएका छन्। उनले आज अवकास पाएका हुन्।
गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरा क्रिकेट मैदानमा जारी महिला क्रिकेट प्रतिस्पर्धाका दौरान उनलाई राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी र नेपाल क्रिकेट संघका पदाधिकारीले विदाइ गरे।
५८ वर्ष पुगेसँगै उनले राष्ट्रिय खेलकुद परिषद्को कर्मचारीबाट पनि अवकास पाएका हुन्।
कैलालीका टमाटा नेपालले सन् १९९६ मा पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दा राष्ट्रिय टिमबाट खेलेका थिए।
सन् २००१ देखि प्रशिक्षण थालेका उनले नेपाली राष्ट्रिय टिम, महिला राष्ट्रिय टिमसँगै उमेर समूहका टिमको मुख्य प्रशिक्षक भएर काम गरे।