स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले प्रभावशाली जित दर्ता गरेको छ। लिग अन्तर्गत आइतबार राति घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले लास पालमसलाई ३–० ले हराउँदै महत्वपूर्ण तीन अंक जोडेको हो।
रियल मड्रिडका लागि कासेमिरो, मार्को एसेन्सिओ र इस्काले गोल गरे। । तर गएको सिजन ला लिगा तथा च्याम्पियन्स लिगको उपाधि जितेको रियल मड्रिडले आफ्नो खेलको लय समात्ने क्रममा आइतबार राति सुधारिएको प्रदर्शन गर्यो।
खेलको ४१ औं मिनेटमा कासेमिरोलो गोल गर्दै रियललाई सुरुवाति अग्रता दिलाए। पहिलो हाफ १-० ले अगाडि रहेको रियलले दोस्रो हाफमा थप दुई गोल गर्यो। ५६ औं मिनेटमा मार्को एसेन्सिओले ३० यार्डबाट प्रहार गरेको रकेट सटमार्फा भएको गोल ला लिगामा यो सिजनमा अहिलेसम्मकै उत्कृष्ट गोल रहेको विश्लेषण गरिएको छ।
७४ औं मिनेटमा इस्कोको गोलका लागि सहयोग गरेका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो आफैंले भने गोल गर्न सकेनन्। यो सिजन लिगका सुरुका चार खेल गुमाएका रोनाल्डोले अहिलेसम्म लिगमा एक गोल मात्रै गरेका छन्। गएरातिको जितपछि तेस्रो स्थानको रियलको ११ खेलबाट २३ अंक भएको छ। रियल शीर्ष स्थानको बार्सिलोना भन्दा ८ अंकले पछि छ भने दोस्रो स्थानको भ्यालेन्सिया भन्दा चार अंकले।
https://www.youtube.com/watch?v=c6gSQlcUhJY