बार्सिलोनाका स्टार लिओनेल मेसीले आफ्नो तुलना अब रोनाल्डोसँग नहुने बताएका छन्। लिगका सुरूका चार खेल प्रतिबन्धका कारण गुमाएका रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियोनो रोनाल्डोले यो सिजन अहिलेसम्म स्पेनिस ला लिगामा एक गोल मात्रै गरेका छन्। यता यो सिजन निकै फर्ममा देखिएका मेसीले अहिलेसम्म १२ गोल गरिसकेका छन्।
यसैबीच स्पेनिस
वेब साइटले मेसीले रोनाल्डो अब आफ्नो पुरानो जादुयी फर्ममा फर्किन नसक्ने दाबी गरेको छ। समाचारमा जनाइए अनुसार मेसीले रोनाल्डोका दिन अब सकिएको भन्दै फर्ममा फर्कन नसक्ने र आफ्नो लागि उनी भयंकर प्रतिस्पर्धी नरहेको दाबी गरेका छन्।
रोनाल्डोले गएको महिना मेस्सीलाई पछि पार्दै फिफा वर्ष खेलाडीको अवार्ड जितेका थिए। मेस्सीले यो सिजन सबै प्रतियोगितामा गरेर १६ गोल गरेका छन् भने रोनाल्डोले ८ गोल गरेका छन्।
मेसीको अहिलेसम्म बार्सिलोनाबाट ६ सय खेल खेलिसकेका छन्। यो सँगै क्लबबाट सर्बाधिक खेल खेल्ने मेसी तेस्रो नम्बरमा परेका छन्।
उनीअघि पूर्व सहकर्मी जाभी हेर्नान्डेज (७६७) र हालका कप्तान आन्द्रेस इन्सिटा (६४२) ले क्लबबाट हालसम्म सर्बाधिक खेल खेलेका छन्।
सन् २००४ मा एस्पानोलसँगको खेलमा बार्सिलोनाबाट डेब्यू गरेका मेसीले यो साता सेभिल्लासँग खेलेसँगै क्लबबाट ६ सय क्याप जितेका उनले ५२३ गोल गरेका छन्।
पाँच पटकक बालोन डि’ ओर विजेता मेसीले बार्सिलोनाबाट ६ सय खेल खेल्दा ४२६ खेलमा जित हात पारेका छन् भने ६९ खेलमा मात्रै पराजय भोग्नु परेको छ।
बार्सिलोनाबाट मेस्सीले ३० उपाधि जितेका छन्। जसमा ८ लालिगा तथा चार च्याम्पियन्स लिग ट्रफी संलग्न छ।
https://www.youtube.com/watch?v=sdGRn6-kxZs