फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको पेरिस सेन्ट जर्मेन (पिएसजी) र नान्टेसबिचको खेलमा रेफ्रीले नान्टेसका खेलाडीलाई खुट्टाले हानेर रातो कार्ड देखाएका छन् ।
खेलको इन्जुरी समयका नान्टेसका डिफेन्डर डिएगो कार्लोस र रेफ्री टोनी चाप्रोन ठोक्किएका थिए। कार्लोससँग ठोक्किएका रेफ्री चाप्रोन मैदानमा लडे। दुबै मैदानमा लडेका थिए।
रेफ्रिले उठ्दै गरेका कार्लोसलाई खुट्टाले हाने अनि पहेलो कार्ड देखाए। खेलमा पहिले नै एउटा पहेँलो कार्ड पाएका कार्लोसलाई दोस्रो पहेँलो कार्डसँगै रातोकार्ड निकालेर देखाएपछि उनी मैदानबाट बाहिरिन बाध्य भए।
मैदानमा झुक्किएर ठोक्किएर लडेका रेफ्री आफैंले खेलाडीलाई हिर्काउने अनि रातो कार्ड देखाउने गरेका हुन्।
खेलमा पिएसजीले नान्टेसलाई १–० ले हराएको थियो। नान्टेसका अध्यक्षले खेलमा रेफ्रीको लापरबाही भएको भन्दै कारबाहीको माग गरेका छन्। उनले रेफ्री चाप्रोनलाई कम्तिमा ६ महिनाको प्रतिबन्ध लगाउनुपर्ने मागसमेत गरेका छन् ।
https://youtu.be/4Tb9-aCzZWM