नेपाली राष्ट्रिय फुटवल टिमका नियमित सदस्य एवम् थ्री स्टार क्लबका कप्तान बिक्रम लामा डिस्चार्ज भएका छन्।
दाहिने गोडामा चोट लागेका लामा शल्यकृया र नियमित फिजियो थेरापी लगायतका पुनर्स्थापनात्मक उपचारपछि सोमबार डिस्चार्ज भएका हुन्।
नौ दिनअघि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका लामाको सोही दिन राति बरिष्ठ अर्पेथोडिक सर्जन तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको टिमले सफल शल्यक्रिया गरेको थियो। लामाको भोलिपल्ट आइतबार देखिनै फिजियोथेरापि समेत शुरु गरिएको थियो।
हाल उनको घाउ निको हुँदै गएको र बैशाखीको सहायतामा हिँडडुल गर्न सक्ने अवस्था रहेकोले उनलाई डिस्चार्ज गरीएको डा. चक्रराज पाण्डेले जानकारी दिए।
लामा ६ देखी ८ महिनामा खेल मैदानमा फर्कन सक्ने समेत डा. पाण्डेले दोहोर्याए।
धरानमा जारी बुढासुबा गोल्डकपको फाइनल खेलमा नेपाल पुलिस विरुद्ध खेल्दा लामा घाइते भएका थिए।