संकटालाई हराउँदै नेपाल पुलिस क्लब हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
बिहिबार भएको दोस्रो सेमिफाइनलमा सीएमजी संकटालाई २-० ले हराउँदै नेपाल पुलिस क्लब उपाधि नजिक पुगेको हो।
खेलको १९ औं मिनेटमा सुमन लामाको पासमा गर्दै दिनेश राजबंशीले हेड गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाएका थिए।
पहिलो हाफमा १-०ले पछि परेको संकटा दोस्रो हाफमा केही आक्रामक देखिए पनि खेलमा फर्किन सकेन। निरकुमार राईले दोस्रो हाफमा थप गोल गर्दै पुलिसलाई २ गोलको अग्रता दिलाए। उक्त गोलपछि संकटाले खेलमा फर्किने कुनै मौका पाएन अन्ततः नेपाल पुलिसले २-० ले संकटाको चुनौती पन्छाउँदै उपाधि नजिक पुगेको हो।
खेलको म्यान अफ द म्याच नेपाल पुलिसका निर कुमार राई भए। शनिबार हुने फाइनल खेलमा उपाधिका लागि पुलिसले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ।