रियल मड्रिडले अलाभासलाई फराकिलो अन्तरले हराएको छ। शनिबार राति अलाभासमाथि ४-० को फराकिलो जित दर्ता गर्दै लिगमा पुनरागमन जारी राखेको छ।
रियलको जितमा क्रिस्टियानो रोनाल्डोले २ तथा ग्रेथ वेल र करिब बेन्जेमाले गोल गरे।
खेलमा रोलान्डोले ह्याट्रिक गर्न छोडेर पाएको पेनाल्टी बेन्जामिनलाई प्रहार गर्न दिएका थिए। सन् २०१६ यता रोनाल्डो, बेन्जामिन र बेलले एकै खेलमा गोल गरेको यो पहिलो अवसर हो।
जितसँगै रियलले २५ खेलबाट ५१ अंकसहित तेस्रो स्थानमा कायमै छ। एक खेल कम खेलेको बार्सिलोना ६२ अंकसहित शीर्ष स्थानमा छ। यस्तै ५५ अंकसहित एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ।
शनिबार एक पक्षीय खेलमा पहिलो हाफको केही बेर अगाडि रोनाल्डोले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। खेलको ४४औं मिनेटमा करिब बेन्जामाको पासमा नाल्डोले गोल गरेका थिए।
पहिलो हाफ १-० ले अघि रहेको रियल दोस्रो हाफमा आक्रमक खेल प्रस्तुत गर्यो। ४६औं मिनेटमा ग्रेथ वेलले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए। बेन्जामाकै पासमा उनले गोल गरेका हुन्।
यस्तै खेलको ६१औं मिनेटमा लुकासको पासमा रोलान्डोले गोल गर्दै खेलको अग्रता ३-० पुर्याए। ह्याट्रिक नजिक पुगेका रोनाल्डोले खेलको अन्त्यतिर पाएको पेनाल्टी प्रहार गर्न बेन्जामालाई दिएका थिए।
बेन्जामिनले खेलको ८९ औं मिनेटमा गोल गर्दै रियललाई ४-०को स्पष्ट जित दिलाए।