थ्रि स्टारलाई पेनाल्टी सुटआउटमा हराउँदै झापा ११ फाइनलमा प्रवेश गरेको छ। बिर्तामोडको डोमालाल राजबंशी रंगशालामा शुक्रबार सेमिफाइनलमा थ्रिस्टारलाई पेनाल्टी सुटआउटमा ४-२ले हराउँदै उपाधि नजिक पुगेको हो।
झापाको जितमा गोल किपर किशोर गिरी नायक भए। उनले थ्रि स्टारका बुद्ध चेम्जोङ र सुनिल बलको प्रहार रोकेका थिए।
देवेन्द्र तामाङ आजको खेलको म्यान अफ द म्याच भए।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको थियो।
पेनाल्टीमा झापाका विश्वास श्रेष्ठ गोल गर्न चुकेका थिए।