एएफसी एसियन कप छनोट चरण अन्तर्गत यमनविरुद्ध आफ्नो अन्तिम खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ।
नेपाली टिमका जापानिज मुख्य प्रशिक्षक ग्योतोकी कोजुले चैत १३ गते हुने प्रतियोगिताका लागि २० सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन्।
छनोटमा बिमल घर्तीमगर, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, विशाल राई, रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापामगर, सुजल श्रेष्ठ, सुनिल बल, अन्जन विष्ट, सुमन लामा, विराज महर्जन, रजिन धिमाल, देवेन्द्र तामाङ, आदित्य चौधरी, अनन्त तामाङ, दिनेश राजवंशी, किरण चेम्जोङ, विकेश कुथु र एलन न्यौपानेले स्थान बनाएका छन्।
दोहोरो पहेँलो कार्डको कारण भरत खवासले टिममा स्थान बनाउन सकेनन्। चोटका कारण विक्रम लामा टिमबाहिर छन्। यस्तै प्रशिक्षणमा रहेका कमल श्रेष्ठ, रविन श्रेष्ठ, विशाल श्रेष्ठ र विमल बस्नेतले स्थान बनाउन सकेनन् ।
नेपालले मार्च चैत १३ गते कतारमा यमनविरुद्ध अन्तिम खेल खेल्दैछ। समूह चरणमा २ अंक जोडेको नेपाल अंक तालिकाको पुछारमा छ। यो खेल नेपालको प्रतिष्ठाका लागि मात्रै रहने छ । अघिल्लो पाँच खेलमा नेपालले २ बराबरी गरेको छ, जसमध्ये घरेलु मैदानमा यमनलाई नै गोलरहित बराबरीमा रोकेको थियो।
यसैबीच नेपालले सोमबारदेखि पूर्ण प्रशिक्षण थालेको थियो। मोफसलका विभिन्न गोल्डकपको कारण प्रशिक्षण नियमित समयमा हुन सकेको थिएन।