फिफा वरियतामा नेपाल दुई स्थान तल झरेको छ। विश्व फुटबल महासंघ फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल दुई स्थान तल झरेर १ सय ६४ औँ स्थानमा पुगेको छ।
यसअघि नेपाल १ सय ६६ औं स्थानमा थियो। दक्षिण एसियाली फुटबलमा भारत शीर्ष स्थानमा छ । नयाँ वरियतामा भारत ९७ औं स्थानमा यथावत छ। त्यसैगरी २ स्थान माथि उक्लिएको अफगानिस्तान १४०औं स्थानमा पुगेको छ भने माल्दिभ्स एक स्थान तल झर्दै १ सय ४८ औं स्थानमा छ।
नेपालभन्दा तल रहेको भुटान १ सय ८४ औं, बङ्गलादेश १ सय ९७ औं, तथा श्रीलंका २ सय औं स्थानमा छ भने पाकस्तिान २ सय ३ औं स्थानमा यथावत छ।
विश्व वरियतामा जर्मनी शीर्ष स्थानमा छ। ब्राजिल दोस्रो र बेल्जियम तेस्रो स्थानमा छन्।
वरियतामा सबैभन्दा राम्रो सुधार एसियाली राष्ट्र कुवेतले गरेको छ। कुवेत १६ स्थान माथि चढ्दै १ सय ६० औं स्थानमा पुगेको छ।
यस्तै अर्को एसियाली राष्ट्र प्यालेस्टाइन १३ स्थान तल झर्दै ९६औं स्थानमा पुगेको छ।