सहारा क्लब पोखराका आयोजनामा हुने आहा राराको १७ औं सस्करण फागुन ९ देखि १८ गतेसम्म हुने भएको छ।
शनिबार सहारा क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगितमा १० टिमको सहभागिता रहने बताएको छ।
एन्फाले दुई दिन कम मिति दिएका कारण १२ टिमबाट १० टिम बीच प्रतियोगिता हुन लागेको सहारा क्लबका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए।
उनले प्रतियोगितामा ए डिभिजनका क्लबहरू, विदेशी र आयोजक टिमले प्रतियोगितमा सहभागिता जनाउने जानकारी दिए।
रारा चाउचाउको उत्पादन हिम श्री फुड्सको मुख्य प्रायोजनको हुने गोल्डकपको विजेताले पाउने पुरस्कार राशीमा समेत वृद्धि गरेको थापाले बताए।
विजेताले ८ लाख १ हजार रुपैयाँ र उपविजेताले ४ लाख १ हजार नगद प्राप्त गर्ने उनले बताए। प्रतियोगिताको लागि सहारा क्लब युकेले विभिन्न ट्रफीहरू हन्तान्तरण गरेको छ ।
युकेका महासचिव धनु थकालीले विभिन्न विधालाई प्रदान गरिने ट्रफी सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापालाई हस्तान्तरण गरेका हुन्। सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७५ बाट एक जना राष्ट्रिय खेलाडीलाई नगद ३५ हजार रुपैयाँबाट सम्मानित गरिने छ।
प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, पोखरा महानगरपालिका, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति, सहारा क्लब हङकङ, सहारा क्लब अष्टे«लिया, मुग्लान रेष्टुरेण्ट,वल्र्ड लिंक लगायतका विभिन्न संघसंस्थाले विशेष सहयोग गरेको क्लबका महासचिव विश्वराज बरालले बताए ।
प्रतियोगिताको लागि क्लबले १ करोड ३० लाख आम्दानी र ९७ लाख ९८ हजार खर्च हुने अनुमान गरेको छ । बचत रकम क्लबले आफ्नै एकेडेमीमा रहेका २८ जना बाल खेलाडीको लागि भरणपोषण एवं शिक्षादिक्षामा खर्च गर्दै आएको छ।