विभागीय टोली नेपाल प्रहरीलाई लगातार हराउँदै क्यामरूनको दाउफिन्स क्लब पोखरामा जारी १७ औं संस्करणको आहा रारा गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ।
मंगलबार पोखरा रंगशालामा भएको क्वार्टरफाइनलमा नेपाल पुलिसलाई २–१ गोल अन्तरले हराउँदै क्यामरूनी क्लब अन्तिम चारमा प्रवेश गरेको हो।
अब फाइनल प्रवेशका लागि क्यामरूनी क्लबले अर्को बिभागीय टोली नेपाल आर्मीको सामना गर्नेछ।
सोमबार मात्र तिलोत्तमा गोल्डकपमा फाईनलमा भिडेका दुवै टोली त्यसको २४ घन्टा नबित्दै मंगलबार पोखरामा भिडेका हुन्।
तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा सोमबार पराजित भएको विभागीय नेपाल पुलिस क्लबले मंगलबार आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा दाउफिन्स फुटबल फ्यामिली क्यामरुनको टोलीसँग फेरि हार बेहोरेको हो। पुलिसले तिलोत्तमा गोल्डकपको फाइनलमा दाफिन्ससँग सडनडेथमा हारेको थियो ।
पोखरा रंगशालमा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा पुलिस अतिरिक्त समयमा दाफिन्ससँग २–१ ले पराजित भएको हो।
निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको चौथो मिनेटमा यान्निकले गोल गर्दै टिमलाई सेमिफाइनलमा पुर्याए।
दाउफिन्सले पोखराको मनकामना कप, बुढासुब्बा गोल्ड कप धरान र बुटवलको उपाधि उचाल्दै ह्याट्रिक गरिसकेको छ।
पहिलो हाफको ३७ औं मिनेटमा पाएको कर्नरलाई उपयोग गर्दै दाउफिन्सले सुरूवाती अग्रता दिलाएका थिए।
अहण्दा एसाह लोयासले हानेको कर्नर बललाई विईक विईक आन्द्र थिएरीले पोष्टको दिशा दिएका थिए।
खेल सकिनै लाग्दा सुमन लामाको क्रसमा सुमन सुवेदीले हेड गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेलेका थिए। तर, पुलिसले दाउफिन्सलाई अतिरिक्त समयमा रोक्न सकेन। खेलको अन्तिम समयमा पुलिस १० खेलाडीमा समेटिएको थियो । पुलिसका हरि कठायत रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए।
पहिलो गोल गरेका विईक विईक अन्द्रे थिएरी म्यान अफ दि म्याच बन्दै नगद ५ हजार रुपैयाँ पुरस्कार जिते।
सहारा क्लबको आयोजना भएको प्रतियोगितामा बुधबारको पहिलो सेमिफाईनल खेल थ्रीस्टार र विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ बिच हुनेछ।