विराटनगरमा जारी पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधि जिते नेपाली टोलीका प्रत्येक सदस्यले नगद २/२ लाख पुरस्कार पाउने भएका छन्।
महिला साफ च्याम्पियनसिपको फाइनलअघि प्रदेश नम्बर १ सरकारले उपाधि जितेमा नेपाली टोलीलाई नगद २/२ लाख र उपविजेता भए नगद १/१ लाख पुरस्कार दिने घोषणा गरेको हो।
विराटनगरस्थित सहिद रंगशालामा नेपालले अहिले केहीबेरमा हुने फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ।