विराटनगरमा जारी पाँचौं साफ महिला फुटबल च्याम्पियनसिपको उपाधि भिडन्तमा केही बेर पछि नेपाल र भारतबीच फाइनल खेल हुँदैछ।
शहीद रंगशालामा दिउँसो ३ बजे हुने खेलका लागस दर्शकहरू मैदानमा प्रवेश गर्ने क्रममा छन्। अधिकांश दर्शकहरू मैदानभित्र प्रवेश गरिसकेका छन्।
आजको खेल हेर्न दर्शकले ५ सय रूपैयाँको टिकट काट्नु पर्ने हुन्छ।
आयोजक राष्ट्र नेपाल र लगातार चार पटकको विजेता भारत चौथो पटक आमने सामने हुँदैछन् ।
नेपालले सेमिफाइनलमा श्रीलंका र भारतले बंगलादेशलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन्।
यसअघि लगातार चार पटक भातरले नै उपाधि जितेको थियो। नेपाल र भारतबीचको फाइनल खेल दिउँसो ३ बजेदेखि शुरु हुने छ।
हेर्नुहो दर्शकहरूको प्रवेश रंगशालामा यसरी हुँदैछ