शुक्रबार विराटनगरस्थित सहिद रंगशालामा पाँचौ साफ महिला च्याम्पियनसिपको फाइनल नेपाल र भारतबीच सुरू भएको छ।
प्रदेश नम्बर एकका मुख्य मन्त्री शेरधन राई, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली एन्फा अध्यक्ष कर्माछिरिङ सेर्पाले हात मिलाएर दुबै टोलीलाई शुभकामना दिएका थिए।
पछिल्लो एक वर्षमा महिला फुटबलमा नेपालले गरेको प्रगति र अन्तर्राष्ट्रिय क्षेत्रमा मारेको फड्कोले आज नेपाललाई घरेलु मैदानमा उपाधि जोगाउने अवसर आएको छ।
विराटनगरको सहिद रंगशालामा हुने साफ महिला च्याम्पियनसिपको फाइनलमा चौथोपटक उत्रँदा नेपाली टोलीसामू पहिलो पटक उपाधि जित्ने अवसर सँगै नेपाली महिला फुटबलमा सुखद दिनको सुरूवातसमेत हुनेछ।
साविक विजेता भारतसँग चौथो पटक उपाधि भिडन्तमा उत्रिने नेपालले पाँचौं साफ महिला च्याम्पियनसिपमा भारतलाई हराएको खण्डमा उपाधि घरमै राख्नेछ।
अघिल्ला चारै संस्करणको विजेता रहेको भारतले नेपाललाई कम भने आँकेको छैन।
घरेलु दर्शकको हौसला र आफ्नै भूमिमा नेपालले भारतलाई पराजित गर्दै इतिहास रच्ने तयारीको साथ मैदान उत्रिदै छ। उपाधि मात्र होइन, भारतलाई साफ च्याम्पियनसिपमा कुनै पनि टिमले हराउन सकेको छैन।
हेर्नुहोस् तस्बिरमा