राजधानीमा जारी थ्री नेसन्स कप अन्तर्गत नेपालले किर्गिस्तान यू-२३ विरुद्ध खेलिरहेको छ।
किरण चेम्जोङको कप्तानीमा रहेको नेपाललाई पहिलो हाफसम्म कीर्गिस्तानको टोलीले गोलरहित बराबरीमा रोकेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले गोल गर्ने केही राम्रा मौका गुमाउँदा पहिलो हाफ बराबरीमा सकिएको हो।
कोरोना महामारीपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको नेपाल यो खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा छ ।
कपको पहिलो खेलमा बंगलादेशले किर्गिस्तानलाई हराएको थियो।
नेपालले विश्वकप छनोटका खेलका लागि लामो समय तयारी गरेको छ । विश्वकप छनोटका खेलहरु स्थगित भएका कारण अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्रिदेशीय फुटबलको आयोजना गरेको हो।
यी हुन् नेपालका सुरूवाती ११ :
किरण चेम्जोङ (कप्तान), दिनेश राजवंशी, अनन्त तामाङ, रोहित चन्द, रञ्जित धिमाल, सन्जोग राई, तेज तामाङ, अन्जन विष्ट, रवि पासवान, त्रिदेव गुरुङ, अभिषेक रिजाल।
हेर्नुहोस् तस्बिरमा