राजधानीमा जारी थ्री नेसन्स कपको फाइनलमा नेपाल र बंगलादेश भिड्दैछन्। खेलको १८औं मिनेटमा संजोग राईले गोल गर्दै नेपाललाई सुरूवाती अग्रता दिलाएका हुन्।
प्रतियोगितामामै पहिलो गोल गरेको नेपालले १८ महिनापछिकै पहिलो अन्तर्राष्ट्रिय गोल हो। राईले सुनिल वलको कर्नरमा गोल गरेका हुन्।
नेपालले यसअघि विश्वकप छनोटमा चाइनिज ताइपेविरुद्ध गोल गरेको थियो। २-० गोल अन्तरमा जितेको खेलमा नेपालले यसअघिको पछिल्लो अन्तर्राष्ट्रिय गोल थियो। ताइपेविरुद्धको खेलमा अन्जन विष्टले दुई गोल गरेका थिए।
ताइपेपछि नेपालले विश्वकप छनोटमा अष्ट्रेलिया, जोर्डन र कुवेतसँग खेलेको थियो। अष्ट्रेलियासँग ५-० ले पराजित नेपाल जोर्डनसँग ३-० र कुवेतसँग १-० ले पराजित भएको थियो । त्यस्तै म्यानमारसँगको मैत्रीपूर्णमा नेपाल ३-० ले पराजित भएको थियो।
नेपालले पछिल्लो पटक बंगलादेशसँग उसैको मैदानमा २ मैत्रीपूर्ण खेल खेल्यो। तर त्यहाँ पनि नेपालले गोल गर्न सकेन। ढाकामा भएको पहिलो मैत्रीपूर्णमा २-० ले पराजित नेपाल दोस्रो खेलमा गोलरहित बराबरीमा रोकिएको थियो।
हेर्नुहोस् १८ महिनापछि गोलको खुसी