नेपाल र मरिससबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल दशरथ रंगशालामा केहीबेरमा हुँदैछ।
अहिले दर्शकहरू रंगशालाभित्र छिरिसकेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा सीमित दर्शकलाई प्रवेश दिएको एन्फाले जनाएको छ। खेलअघि खेलाडीहरू वार्म-अप गर्दैछन् भने केही खेलाडीले आफ्ना फ्यानलाई जर्सी बाँड्दै छन्।
एन्फाका अनुसार रंगशालामा एक तिहाइ दर्शकलाई मात्र प्रवेश दिइएको छ। भित्र छिर्नुअघि स्वास्थ्य जाँच गरिएको थियो।
साफ च्याम्पियनसीपअन्तर्गत गत अक्टोबर १६ मा भारतविरूद्ध फाइनल खेलेपछि नेपाली टिम पहिलो पटक मैदान उत्रन लागेको हो।
यस्तै सेप्टेम्बरपछि नेपाल पहिलो पटक घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ।
तस्बिरहरू: