म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा सानदार जित दर्ता गरेको छ।
मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगमा सिटीले पोर्चुगिज क्लब स्पोर्टिङ लिसबनमाथि ५-० ले जित निकाल्दै क्वाटरफाइनल सम्भावना बलियो बनाएको छ।
लिसबनको मैदानमा भएको खेलमा सिटीले सुरूवातबाटै घरेलु टोलीलाई दबाबमा राखेको थियो।
सिटीको फराकिलो जितमा बर्नाडो सिल्भाले दुई तथा रियाद महारेज, फिल फोडेन र रहिम स्टर्लिङले समान एक गोल गरेका थिए।
गोलको वर्षा भएको खेलमा सिटीले पहिलो हाफमा चार तथा दोस्रो हाफमा एक गोल थप्दै टोलीको जित पक्का गरेको थियो।
सिटीले सातौं मिनेटमा रियाद महारेजको गोलबाट खेलमा सुरूआती अग्रता लिएको थियो ।
सिल्भाले १७ औं मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाए।
फिल फोडेनले ३२ औ मिनेटमागोल गर्दै टीमलाई ३-० को अवस्थामा पुर्याए। यस्तै खेलको ४४ औं मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई पहिलो हाफमे ४-० को अग्रता दिलाए।
दोस्रो हाफमा सिल्भाले हेड मार्फत गोल गरे पनि भिएआरले उक्त गोललाई मान्यता नदिँदा सिल्भाको ह्याट्रिक टरेको थियो।
यद्यपि टीमको फराकिलो जितमा रहिम स्ट्रलिङले दोस्रो हाफमा थप एक गोल थपे।
उनले ५८औं मिनेटमा सिल्भाकै पास सदुपयोग गर्दै सिटीलाई ५–० ले अघि बढाए।
त्यसपछि थप गोल निस्कन नसक्दा सिटी विजयी हुन सफल भयो।
अवे खेलमा सिटीले २०१६-१७ को सिजनपछि यति फराकिलो जित निकालेको पहिलो पटक हो।
यो सानदार अवे जितसँगै सिटीले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब दोस्रो लेग सिटीको मैदानमा ९ मार्चमा हुनेछ।
उक्त खेलमा स्पोर्टिङलाई अघिल्लो चरण प्रवेश गर्न कम्तीमा पनि ५–० कै जित निकाल्नुपर्ने हुन्छ। सिटीलाई भने बराबरी या ४–० को हारले पनि अघिल्लो चरण पुग्न पर्याप्त हुनेछ।