साविक विजेता एट्लेटिको म्याड्रिडलाई स्पेनिस ला लिगामा पुछारमा रहेको लिभान्तेको नमिठो धक्का लागेको छ। घरेलु मैदानमा बुधबार राति भएको खेलमा एट्लेटिको लिभान्तेसँग १–० गोलले पराजित भयो ।
प्रतिस्पर्धात्मक खेलमा एट्लेटिकोलाई हराउन लिभान्तेका गोन्जालो मेलेरोले निर्णायक गोल गरे । मेलेरोले ५४औं मिनेटमा जर्ग डि फ्रुटोसको पासमा गोल गरेका थिए । ५४ प्रतिशत बल पोसेसन राख्दै १० वटा पोस्ट् प्रहार गरेको एट्लेटिको अन्ततः हार खेप्न बाध्य भयो ।
लिभान्तेका जर्ग डि फ्रुटोस ‘म्यान अफ दि म्याच’ भए । हारसँगै एट्लेटिकोले शीर्ष चारमा उक्लने मौका समेत गुमायो । पाँचौँ स्थानमा रहेको एट्लेटिको २४ खेलबाट ३९ अंक पुगेको छ । एक खेल कम खेल्दै समान ३९ अंक बनाएको बार्सिलोला गोल अन्तरका आधारमा चौथो स्थानमा छ।
एट्लेटिकोलाई हराए पनि लिभान्ते तालिकाको अन्तिममा यथावत छ। लिभान्तेको १४ अंक छ। शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ५४ अंक छ। दोस्रो स्थानमा रहेको सेभियाको ५० र तेस्रो स्थानमा आसिन रियल बेटिसको ४३ अंक छ।