इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा रहेको एसी मिलानले ५ अंकको अग्रता बनाएको छ।
शनिबार राति भएको खेलमा इम्पोलीमाथि १-० गोल अन्तरको जित निकाल्दै मिलानले शीर्ष स्थानमा ५ अंकको स्पष्ट अग्रता बनाएको हो।
मिलानलाई जिताउन पिएरे कालुलुले निर्णायक गोल गरे।
अत्यन्त प्रतिश्पर्धात्मक खेलको १९ औं मिनेटमा कालुलुले गोल गर्दै मिलानलाई सुरूआती अग्रता दिलाए।
त्यसपछि दुबै टोलीले पाएका केही राम्रा अवसुर खेर फाल्दा खेलमा थप गोल निस्कन सकेन।
मिलानले अन्तत त्यही अग्रता जोगाउँदै महत्वपूर्ण जित दर्ता गर्यो।
यो जितसँगै मिलानले शीर्ष २९ खेलबाट ६३ अंक जोडेको छ।
२ खेल कम खेलेको इन्टर मिलान ५८ अंकसहित दोस्रो स्थानमा छ। २८ खेल खेलेको नेपोली ५७ अंकसहित तेस्रो स्थानमा छ।
यता मिलानसँग पराजित इम्पोली ३२ अंक जोडेर तालिकाको १३ औं स्थानमा रहेको छ।