युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा सहज जित निकालेको छ। गए राती भएको खेलमा युभेन्ट्सले साम्पडोरियालाई उसकै मैदानमा ३–१ को सहज जित निकालेको हो।
युभेन्टसलाई जिताउन स्पेनिस फरवार्ड अल्भारो मोराटाको दुई गोल गरे। साम्पडोरियाका एबदेख हामिद साविरीले गोल फर्काए।
युभेन्टसले एक गोल उपहार पाएको थियो।
जेनोभामा शनिबार राति खेलको २३ औं मिनेटमा माया योसिदाको आत्मघाती गोलमा युभेन्ट्सले सुरूआती अग्रता लियो।
खेलको ३४औं मिनेटमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई पहिलो हाफमा २-० अग्रता दिलाए।
खेलको ८४ औं मिनेटमा एबदेख हामिद साविरीले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने कोशिस गरे। यसअघि ७४औं मिनेटमा
एन्टोनियो क्यानड्रेभा पेनाल्टीमा चुक्दा साम्पडोरियाले गोल अन्तर कम गर्ने मौका चुकाएको थियो।
खेलको अन्त्यतिर मोराटाले व्यक्तिगत दोस्रो गोल गर्दा युभेन्ट्सको सहज जित पक्का गर्यो।
यो जितसँगै युभेन्ट्सले २८ खेलबाट ५६ अंक जोड्दै शीर्ष चारमा बलियो पकड बनायो।
तेस्रो स्थानको नेपोलीसँगको अंक दुरी १ मा छोट्याएको छ। एक खेल कम खेलेको नेपोलीको ५७ अंक छ। शीर्ष स्थानमा रहेको एसि मिलानको ६३ अंक छ।
यता साम्पडोरिया भने २६ अंक जोडेर तालिकाको १६औं स्थानमा छ।