शीर्षस्थानमा रहेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा मलोर्कामाथि सानदार जित निकालेको छ।
कप्तान करिम बेन्जेमाले दुई तथा भिनिसियस जुनियरको १ गोलमा रियलले मलोर्कालाई उसकै मैदानमा ३–० ले हराएको हो।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको रियलले दोस्रो हाफमा सबै तीन गोल गरेको हो।
खेलको ५५ औं मिनेटमा बेन्जेमाको पासमा जुनियरले गोल गर्दै रियललाई सुरूआती अग्रता दिलाए। अत्यन्तै रोमाञ्चक खेलको ७७
औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियलको अग्रता दोब्बर पारे।
त्यसपछि खेलको ८२ औं मिनेटमा पेनाल्टीमार्फत बेन्जेमाले गोल थप्दै स्पष्ट जित दिलाए।
यो सानदार जितसँगै रियलले शीर्षस्थानमा १० अंकको स्पष्ट अग्रता बनाएको छ। रियलको २८ खेलबाट ६६ अंक पुगेको छ। समान खेलबाटै दोस्रो स्थानको रहेको सेभियाको ५६ अंक छ। तेस्रो स्थानमा रहेको बार्सिलोना एक खेल कम खेल्दै ५१ अंक जोडेको छ। पराजित मलोर्का २६ अंक जोडेर १६औं स्थानमा रहेको छ।