इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यान्चेष्टर सिटी बराबरीमा रोकिएको छ।
लिग अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर सिटी क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको छ।
यो बराबरीसँगै सिटीले शीर्ष स्थानमा ६ अंकको स्पष्ट अग्रता बनाउने मौका गुमायो।
सोमबार राति भएको खेलमा सिटीले दबाब कायम राखे पनि गोल गर्न नसक्दा खेल बरबारीमै टुंगियो।
यो सँगै लिगको शीर्षस्थानमा रहेको सिटीले २९ खेलबाट ७० अंक जोडेको छ। दोस्रो स्थानमा रहेको लिभरपुलले २८ खेलबाट ६६ अंक बनाएको छ।
तेस्रो स्थानमा रहेको चेल्सीको समान खेलबाट ५९ अंक छ। यता सिटीलाई बराबरीमा रोकेको क्रिस्टल प्यालेसको ३४ अंक छ।